काठमाडौँ । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।
देशमा राजसंस्था पुनर्स्थापनाका पक्षमा गतिविधि बढिरहेका बेला यो बैठक भएको हो । सरकारको कार्यशैलीले गर्दा व्यवस्थाविरोधी शक्ति चलमलाउन थालेको भन्दै विपक्षी दलहरू छलफलमा जुटेका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादीं) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी), माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन् ।
यसैबीच, गणतन्त्र पक्षधर शक्तिहरूले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । त्यही दिन राजसंस्था पक्षधर मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पनि प्रदर्शन गर्दैछन् ।
FACEBOOK COMMENTS