काठमाडौं । बुधबार मध्याह्न १२ बजेतिर परेको खाल्डो पुरेर पौने २ बजेदेखि एकतर्फी सवारी सञ्चालन गरिएको धादिङ प्रहरीका डिएसपी सन्तु जैसवालले जानकारी दिए।
‘अहिले बाटो एकतर्फी रूपमा खुलेको छ,’ उनले भने। सोमबार गणेशखोला पुलको मुखमा सडक भासिएको थियो। सडक भासिएपछि १६ घण्टा लगाएर ग्याबिन वाल लगाइएको थियो।
मंगलबार सडकमर्मत गरेपछि सवारीसाधन आवतजावत भइरहेका थिए। तर आज फेरि अर्को ठाउँमा सडक भासिएसँगै सडक अवरूद्ध भएको थियो।
FACEBOOK COMMENTS