काठमाडौँ । नेपाल राष्ट्र बैंक गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र बैंकर्स एसोसिएसनका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।
शुक्रबार राष्ट्र बैंकमा भएको छलफल पछिल्लो समय बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीका सुरक्षा चुनौतीका विषयमा केन्द्रित रहेको थियो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई ऋण असुली लगायतका क्रममा दुर्व्यवहार गर्ने क्रम बढेको विषयमा गभर्नर पौडेलले छलफल गरेको राष्ट्रबैंकले जनाएको छ ।
FACEBOOK COMMENTS