काठमाडौँ । पेशागत तथा बुद्धिजीवीहरुले कांग्रेसभित्र आएको परिवर्तनले आशा जगाएको बताएका छन् ।
कांग्रेसको नयाँ नेतृत्वले सबैलाई समेटेर निराशाको सम्बोधन गर्न सक्ने उनीहरूको ठहर छ।
उनीहरूले नेपाली काङ्ग्रेसका महामन्त्री एवम् काठमाडौं ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदिप पौडेल पनि कांग्रेसको सम्भाग भएको बताएका छन्।
काठमाडौँमा आज आयोजित अन्तर्कृयामा बोल्दै उनीहरुले जनताको भावना अनुसार काङ्ग्रेसले नीति तथा नेतृत्व परिवर्तन गरेको भन्दै आशा जगाएको बताए ।
कार्यक्रममा पुर्व मन्त्री नरहरि आचार्यले पौडेलसग नेतृत्व क्षमता रहेको भन्दै जीतको शुभकामना दिए । पुर्व राजदुत शम्भुराम सिम्खडाले अहिले काङ्ग्रेसबाट आशा गर्न सकिने भन्दै आशा दिन सक्ने व्यक्ती महामन्त्री पौडेल भएको बताए ।

अर्थशास्त्री डा। पोषराज पाण्डेले काङ्ग्रेसबाट परिवर्तन आवश्यक रहेकोमा त्यो सफल भएको भन्दै पार्टीमा भएको परिवर्तनलाई संस्थागत गर्न सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै शुभकामना दिए ।

कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले नेपाली काङ्ग्रेस अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताए । बुद्धिजीवी तथा पेशागत समुहद्वारा काठमाडौंमा आयोजित अन्तर्कृयामा बोल्दै उनले समाजमा योगदान दिने जोकोही आउन मिल्ने बनाइने बताए ।

नेपाली काङ्ग्रेस राष्ट्रिय राजनीतिक विषयमा प्रतिबद्ध रहेको उनले बताए । उनले निरन्तरको दबाब यात्राका कारण ठूलो समस्या रगेको रिङ रोडको समस्या समाधान भएको भन्दै स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्न साथै अघि बढ्ने प्रतिबद्धता जनाए ।