काठमाडौं । एमाले उपाध्यक्ष एंव पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिएको छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि भन्दै पौडेललाई सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई आज विशेष अदालत काठमाडौंले अनुसन्धान गर्न सात दिन म्याद थप गरेको छ ।
न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुमति दिएको हो।