काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् ।
बैंकका कार्यकारी निर्देशक पौडेललाई बुधबार देखि लागु हुने गरी बैंकको प्रवक्ता तोकिएको हो । यसअघि प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित थिए ।
२०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग लगायतको कार्यानुभव छ ।
हाल उनी मानव संशाधन व्यवस्थापन विभागमा कार्यरत छन् । उनलाई गभर्नर प्रा. डा. विश्व पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागबाट सरूवा गरेर प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
FACEBOOK COMMENTS