काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ९इप्पान० ले आयोजना गर्न लागेको पावर समिट २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ । इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले सम्मेलनको तयारी अन्तिम चरणमा रहेको बताए ।
सम्मेलनका बारेमा जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी गराएका हुन् । बैशाख ५–६ गते आयोजना गर्न लागेको आचार्यको भनाइ छ । समिटमा ऊर्जा क्षेत्रमा स्वदेशी र अन्तर्राष्ट्रिय सरोकारवालाहरूबाट ठूलो सहयोग तथा सकारात्मक प्रतिक्रिया प्राप्त भएको इप्पानले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय संरक्षक र लगानी बोर्ड, नेपाल सह–आयोजक रहेको समिटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विशिष्ट व्यक्ति र दक्षिण एसियाली नेताहरूको उपस्थिति रहने आयोजकले जनाएको छ । समिटमा भारत, बंगलादेश, भुटान र श्रीलंकाका ऊर्जा मन्त्रीहरूलाई बोलाइएको छ ।
नेपालको ऊर्जा क्षेत्रको बजार बिस्तारमा कोशेढुङ्गा साबित हुने समिटमा दक्षिण एसियामा लगानी जुटाउने सम्बन्धी प्रतिवेदन साउथ एसियन फोरम अन इनर्जी इन्भेस्टमेन्ट (सेफेआई) ले सार्वजनिक गरने अध्यक्ष आचार्यले बताए । नेपाली जलविद्युत आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत खरिद सम्झौताका लागि एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । सम्मेलनले नवीकरणीय ऊर्जाको विकास र बजार बिस्तारका लागि अन्य सम्झौता र समझदारीहरुमा हस्ताक्षर गरिने उनको भनाइ छ ।
सम्मेलनमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधि, पावर ट्रेडिङ कम्पनी, विद्युत उत्पादक, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, बिक्रेताहरू, थिंक ट्याङ्कहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी हुने भएका छन् ।
सम्मेलनमा नेपालको विद्युतको बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि र नवप्रवद्र्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकास लगायतका विषय समेट्ने गरी बिभिन्न १५ ओटा सत्रहरु सन्चालन गरिने आयोजकले जनाएको छ । लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका परियोजनाहरु प्रदर्शन गरिनेछ ।
अहिले राष्ट्रिय प्रशारण लाईनको जडित क्षमता करिब २५५० मेगावाट पुगेको र यो बर्ष थप करिब ६०० मेगावाट प्रणालीमा थपिने भएको छ । सन् २०२७ सम्ममा नेपालको कूल बिद्युत उत्पादन क्षमता ६ हजार ७०० मेगावाट पु¥याउने लक्ष्य रहेको इप्पानले जनाएको छ । सुख्खा याममा हाल करिब ४५० मेगावाट बिद्युत आयात गरिररेको भएता पनि बर्षा याममा भने करिब १ हजार मेगावाट बिद्युत निर्यात गर्ने अवस्थामा देश पुगेको छ । बिद्युत उत्पादनमा भएको यो सफलतामा निजी क्षेत्रको योगदान करिब ६५ प्रतिशत पुगेको छ भने सन २०२७ सम्ममा ८० प्रतिशत पुग्ने बताइएको छ ।
FACEBOOK COMMENTS