काठमाडौँ । सरकारले काठमाडौँ, पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्नेका लागि अध्ययन समिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।
विमानस्थलबारे अध्ययनका लागि पूर्व सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेको ५ सदस्य समिति गठन गरेको हो ।
FACEBOOK COMMENTS