काठमाडौँ– प्रभु लाइफ इन्स्योरेन्स लि.ले प्राण घातक रोग विरुद्वको १० लाख रकम बीमित मिना गौचनलाई दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय बानेश्वरबाट २ वर्ष अगाडि २० लाख बीमाङ्कको बीमा गरेकी बीमित राेशना शेरचनलाई केही समय अगाडि ब्रेन ह्यामरेज रोगको पहिचान भएको थियो । बीमा पोलिसी खरिद गर्दा निज बीमत गौचनले प्राण घातक रोगहरुविरुद्घको १० लाख रकम बराबरको औषधी उपचार खर्च पाउने गरी बीमा गरेकी थिइन् ।
बीमतले घातक रोग विरुद्घको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेकोले सम्पूर्ण प्रक्रिया पुरा गरी बीमितको घरमै गएर उक्त दाबी रकम प्रभु लाइफले भुक्तानी गरेको हो । कम्पनीको शाखा कार्यालय बानेश्वरले बीमितको घरमै आयोजित औपचारिक कार्यक्रममा प्रभु लाइफका बागमती प्रदेश ए प्रमुख श्री पदम राना, बानेश्वर शाखा प्रमुख नविन भेटवाल लागाएतको उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै बीमित शेरचनले “प्रभु लाइफ इन्स्योरेन्स लि.ले बीमितलाई सहज र सरल तरिकाले दाबी भुक्तानी दिएकोमा आफ्नो ब्रेन ह्यामरेज रोगको उपचारका लागि १० लाख रकमले धेरै सहयोग गर्ने भन्दै मध्यम वर्गीय सबै नेपालीले अनिवार्य रुपमा आर्थिक जोखिम कम गर्नको लागि बीमा गर्नुपर्ने” बताइन् ।
FACEBOOK COMMENTS