चितवन । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ऋण सहजताका लागि प्रभु बैंकले एजुकेशन हबको शुभारम्भ गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरेको हो ।
यससँगै शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जानुपर्ने बाध्यता हटेको बताइएको छ ।
यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तीय प्रक्रियाका लागि सहज र सरल सेवा मिल्ने विश्वास गरिएको छ । डकुमेन्ट्स पूरा भएका विद्यार्थीहरूलाई प्रभु बैंकको सेवा लिन पनि आग्रह गरिएको छ ।
प्रभु बैंककी चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा सुरू भएको बताइन् । बैंकले विद्यार्थी तथा अभिभावकको वित्तीय सहजताका लागि चितवनबाटै सेवा सुरू गरेको बताइन् ।
एजुकेशन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेशन हब अथवा प्रभु बैंकको जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर प्रमुख श्रेष्ठले जानकारी दिइन् ।
प्रभु बैंकको नरककायणगढ शाखा प्रमुख राजु पन्तले विद्यार्थीहरूको डकुमेन्ट्स पूरा भएको अधिकतम पाँच दिनभित्र लोन स्वीकृत हुने जानकारी दिए । यसका लागि अलग्गै कर्मचारीहरू खटाइएको उनले जानकारी दिए । बैंकले यसअघि यो सेवा गण्डकी प्रदेशमा सेवा सुरू गरिसकेको छ ।
हालसालै ‘बैंक अफ द इयर-२०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९ एक्सटेन्शन काउन्टर छन् । करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै छोटो समयको अन्तरालमा नै नवीनतम प्रविधि ‘फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४’ अवार्डबाट समेत सम्मानित भएको छ ।
FACEBOOK COMMENTS