काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २८, कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि, काठमाडौं महानगरपालिका वडा नं. ४, धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित डेन्टल हस्पिटलहरूको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले २० प्रतिशतसम्म छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलमा प्राप्त गर्न सकिनेछ ।
सम्झौतापत्रमा विभान्ता डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्ट, हिमाल डेन्टल हस्पिटलका तर्फबाट महाप्रबन्धक किशोर भट्ट र प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटिङ म्यानेजर सबिन राणाले संयुक्त रूपमा हस्ताक्षर गरे ।
हालसालै ‘बैंक अफ दि इयर २०२३’ उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३११ शाखा कार्यालयहरू, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा आफ्नो यात्रा अगाडि बढाइरहेको हो । साथै प्रभु बैंक ‘फिनाकल इन्फोसिस इनोभेसन गोल्ड २०२४’ अवार्डबाट पनि सम्मानित बैंक हो ।
