काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । शेयर कारोबार समयमा नै बैंकको सञ्चालक समिति बैठक बसी लाभांश घोषणा गरिएको र यसले मूल्यमा असर परेको भन्दै नेप्सले बैंकको शेयर कारोबार रोक्का गरेको हो ।
प्रभु बैंकलाई स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ । बैंकले शेयरधनीहरूलाई चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कारोबार समयमा नै बैठक बसी लाभांश घोषणा गर्न नमिल्ने भए पनि बैंकले १ बजे बैठक बसी निर्णय गरेको भन्दै जवाफ पेश गर्न भनिएको छ ।
FACEBOOK COMMENTS