काठमाडौं । प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ ।
बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८÷७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । बैंकले ६. ५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS