काठमाडौं । पछिल्लो समयमा विभिन्न किसिमका विद्युतीय भुक्तानीसम्बन्धी सेवाहरूको विस्तारमा आक्रामक बन्दै आएको प्रभु बैंकले ‘प्रभु बिजनेश डेबिट कार्ड सेवा’ सुरू गरेको छ ।
बैंकले भिजा इन्टरनेशनलसँगको सहकार्यमा पूर्ण नवीनतम् सुविधासहितको ‘प्रभु बिजनेश डेबिट कार्ड सेवा’ एक समारोहका बीच आज आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।
यो ‘प्रभु बिजनेश डेबिट कार्ड सेवा’ अन्तर्राष्ट्रिय रूपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित् विद्युतीय भुक्तानीको माध्यम भएको बैंकले जनाएको छ ।
यो प्रभु बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने र गरिरहेका खाताधनी (कर्पोरेट पर्सनल्स) हरूलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पाेरेट र व्यापारिक घरानाहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटेल र रेस्टुराँहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवाप्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ कार्डमार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
बिजनेस डेबिट कार्डको मद्दतले के–के गर्न सकिन्छ ?
क. यात्रा र मनोरञ्जन आवश्यकताहरू
बिजनेस डेबिट कार्डको मद्दतले, बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेड सँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सक्नुहुने छ । यस सम्बन्धमा, बिजनेस डेबिट कार्डको मद्दतले, टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरू मार्फत ट्राभल एजेन्टहरू सँग खरीद गर्न सकिन्छ । यसरी व्याबसायिक प्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नु पर्दैन र पछि हिसाब मिलान गर्न र अपरेशन झंझट कम गर्दै अग्रिम भुक्तानहरू व्यवस्थित गर्न साथै होटल खर्च पनि छुट्याउन सकिन्छ ।
ख. कार्यालय खर्च र खरीद आवश्यकताहरू
बिजनेस डेबिट कार्डको मद्दतले, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरीदको लागि भुक्तानी गर्न सक्दछन् । उनीहरूले विक्रेताहरूसँग राम्रो छुटको लागि सीधै कुराकानी गर्न सक्दछन् किनकि विक्रेताले उनीहरूको बैंक खातामार्फत तुरुन्तै सुरक्षित् रूपमा भुक्तानी प्राप्त गर्दछन् ।
ग. प्रशिक्षण आवश्यकताहरू
भुक्तानी प्रविधिमा तीव्र परिवर्तन र विश्वव्यापी रूपमा सहजताका साथ यसलाई अपनाउँदै, बिजनेस डेबिट कार्डहरूले संगठनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको लागि भुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मद्दत गर्न सक्छ । ई–कमर्स र पीओएस टर्मिनलहरू मार्फत भुक्तानी को स्वीकृति संग, व्यापारिक घरानाहरूले पारदर्र्शी र सजिलैसंग प्रशिक्षणको लागि भुक्तानी व्यवस्थित गर्न र भुक्तानी गर्न सक्दछन् ।
घ. व्यवसाय डेबिट कार्डको साथ लाभ र मुल्य अभिवृद्धि
ई–कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालन का लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूका लागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दछ । प्रभु बैंकारा सञ्चालनमा आएको यो बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रवर्द्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS