काठमाडौं । प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना अन्र्तगत ‘नगरकी छोरी’ कार्यक्रम सुरु गरको छ ।
छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा छोरीहरुलाई सामाजिक एवं आर्थिकरुपमा विशेष संरक्षण प्रदान गर्ने गरी छोरीहरुलाई शिक्षित र स्वावलम्बन बनाउने लक्ष्यका साथ सो कार्यक्रम सुरु भएको जनाइएको छ ।
बागलुङ नगरपालिकाका प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभ बैंकका बागलुङ शाखाका प्रबन्धक सामर्थ उप्रेतीले ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
बागलुङ नगरपालिका- २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली ‘नगरकी छोरी’ कार्यक्रमको शुभारम्भ गरिएको हो ।
‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिम २०८० आषाढ १ गते पश्चात् बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिनेछ ।
बागलुङ नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा बागलुङ नगरपालिकाको तर्फबाट एकमुष्ट पाँच हजार रुपैयाँ जम्मा गरिनेछ र प्रभु बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ ।
FACEBOOK COMMENTS