काठमाडौं । चैत मसान्तसम्म आइपुग्दा प्रभु बैंकको नाफा घटेको छ ।
बैंकको नाफा ७.२७ प्रतिशतले घटेर १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिम १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २६.३२ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९६ लाख ८४ हजार रुपैयाँ रहेको छ । सञ्चालन नाफा २८.४५ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड २७ लाख ४१ हजार रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको बैकको जगेडा कोषमा ९ अर्ब ८६ करोड २७ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६ पैसा छ । बैंकको खराब कर्जा ४.८१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ३.४८ प्रतिशत रहेको थियो ।
FACEBOOK COMMENTS