काठमाडौं । प्रभु बैंकले वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ ।
सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि २०८१ वैशाख ४ गते बुक क्लोज गरिसकेको छ ।
वैशाख ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
FACEBOOK COMMENTS