काठमाडौं । प्रभु बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दै छ । यसअनुसार, २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नु पर्नेछ ।
प्रभुले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । बैंकले १८ पुसमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा भाैतिक तथा भर्चुअल दुबै माध्यमबाट सहभागिता जनाउन सकिनेछ।
FACEBOOK COMMENTS