काठमाडौं । प्रभु बैंकले आज वार्षिक साधारण सभा गर्ने भएको छ ।
सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते बुक क्लोज गरिसकेको छ । वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । बैंकको केन्द्रीय कार्यालय बबरमहलमा बिहान १० बजेदेखि सभा सुरु हुनेछ ।
FACEBOOK COMMENTS