पोखरा । प्रभु बैंकका कर्मचारी र ग्राहकले फार्म हाउस होटेलमा विशेष छुट पाउने भएका छन् ।
आफ्ना कर्मचारी र ग्राहकहरूलाई विशेष छुट सुविधा उपलब्ध गराउन बैंकले मनाङमा अवस्थित सो होटेलसँग सम्झौता गरेको छ ।
सम्झौतामा फार्म हाउस होटेलका प्रोपाइटर समराज गुरुङ र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले हस्ताक्षर गरेका छन् । गत शुक्रबार भएको यो समझदारी अनुसार आन्तरिक तथा बाह्य पर्यटनको प्रसस्त सम्भावना बोकेको साहसी पदमार्गीहरूमाझ लोकप्रिय गन्तव्य, हिमालपारीको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटेलमा प्रभु बैंकका कर्मचारी तथा ग्राहकले विशेष छुट पाउने छन् ।

छुट सुविधा उपभोगका लागि ग्राहक तथा कर्मचारीले बैंकको डेबिड वा क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्नुपर्ने छ । सो शर्त पूरा गरेको खण्डमा आवास, खाना र मनोरञ्जन लगायतका सेवा हरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एग्रो मनाङ प्रालिद्वारा सञ्चालित फार्म हाउस होटेल विगत पाँच वर्षदेखि सञ्चालनमा आएको मनाङ जिल्लाकै सुविधासम्पन्न होटेल हो भने ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंक नेपालभर ३०२ वटा शाखा कार्यालय, २८५ वटा एटीएमकासाथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर रहेको प्रतिष्ठित बैंक हो ।
