काठमाडौं । प्रभु बैंक लिमिटेडको बीसौँ वार्षिक साधारण सभा आज बैंकको केन्द्रिय कार्यालय बबरमहलमा हुँदैछ ।
सभामा बैंकको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
आजको साधारण सभामा पौष १ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र भाग लिन र लाभांश प्राप्त गर्न सक्छन
FACEBOOK COMMENTS