काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीले कास्कीको पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल) मा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
आफ्ना ग्राहक र कर्मचारीलाई उक्त छुट सुविधा उपलब्ध गराउन बैंकले यूआरएलसँग विशेष सम्झौता समेत गरेको छ । सम्झौतापत्रमा युनाइटेड रेफरेन्स ल्याबोरेटरीका अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैंकका म्यानेजर गणेश सुवेदीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार ल्याब परीक्षणको सेवा शुल्कमा प्रभु बैंकका ग्राहकहरूलाई २० प्रतिशत र बैंक कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यूआरएलबाट प्रवाह हुने सेवासुविधाहरू थाइराइड, क्यान्सर, मधुमेह, मिर्गौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका यूआरएलद्वारा परीक्षण गरिने सम्पूर्ण ल्याव सेवा शुल्कमा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
गण्डकी प्रदेशको पहिलो र लोकप्रिय एवम् आईएसओ २०१५ प्रमाणित युनाइटेड रेफरेन्स ल्याबोरेटरीको मुख्य कार्यालय सभागृहचोक तथा कास्की हस्पिटलचोक, महेन्द्रपुल, मियापाटन, बाटुलेचौर, चाउथे, बिरौटा, लेकसाइड, शिशुवा, तनहँुको दुलेगौडा, शुक्लागण्डकी, दमौली, लम्जुङको बेशीशहर, स्याङजाको पुतलीबजार, वालिङ लगायत १८ भन्दा बढी शाखाहरू छन् । यी सबै शाखाहरूमा पनि सो छुट प्राप्त गर्न सकिने बताइएको छ ।
FACEBOOK COMMENTS