काठमाडौं । प्रभु बैंकको गण्डकी प्रदेशको शाखाले लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन गरेको छ । प्रदेशका लघु, साना तथा मझौला उद्यम ९एमएसएमई० र उपभोक्ता वर्गलाई लक्षित गरी एसएमई एन्ड कन्ज्युमर बैंकिङ हब गण्डकीको स्थापना गरेको हो ।
केन्द्रको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उनले कार्यक्रममा बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पु¥याउने र वित्तीय पहुँचमा सहजता ल्याउनेमा उनको जोड छ । यस मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ । उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुने बैंकले जनाएको छ ।
कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना, र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। प्रदान गरिने प्रमुख सेवाहरूमा व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण ९घर, गाडी, शिक्षा, स्वास्य०, वित्तीय परामर्श सेवा, द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया ।
FACEBOOK COMMENTS