काठमाडौं । प्रभु बैंकले आफ्नो नाफा बढाएको छ । चालु आर्थिक वर्षको नौ महिनामा बैंकको नाफा ३.५१ प्रतिशतले बढेको छ ।
बैंकले साउन–चैत मसान्तको अवधिमा एक अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको हो, जुन समीक्षा अवधिमा साढे ६ करोड रुपैयाँले बढी हो
बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ४० लाख रुपैयाँले घटेको छ । बैंकले गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी रहेकोमा यो वर्ष घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा सीमित भएको हो ।
समीक्षा अवधिमा बैंकको विरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक बनेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र निष्क्रिय कर्जा ५.०९ प्रतिशत रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा झरेको छ ।
यता, बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँमा कायम भएको छ भने कुल सञ्चालन आम्दानी पनि १० अर्ब १९ करोडबाट घटेर ९ अर्ब ६१ करोडमा झरेको छ ।
बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक र रिजर्भ कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS