काठमाडौं । पोखरा महानगरपालिका–३१, बेगनासताल, कास्कीस्थित होटेल हिमालय सेरेन भ्यू र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित होटेलमा पाइने खाना, पेयपदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १०% साथै आवास सुविधामा १५% छुट पाउने भएका छन । सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्यु मा प्राप्त गर्न सकिने छ । उक्त सम्झौतापत्रमा होटेल हिमालय सेरेन भ्यूका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो ।
त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरू, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर छन् ।
करिब ३५ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंक अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
साथै, प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेशन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
FACEBOOK COMMENTS