काठमाडौं । होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्यु मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।
त्यसैगरी, ग्राहकहरुको रोजाइको अग्रणी बैंकका रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय ११ शाखा कार्यालय, २ सय ८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३५ लाखभन्दा बढी ग्राहकले सेवा लिइरहेका छन् ।
FACEBOOK COMMENTS