काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा किशोर जङ्ग कार्की चयन भएका छन्।
यससँगै बैंकको सञ्चालक समिति सात सदस्यीय संरचनासहित पूर्ण भएको छ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई अध्यक्ष चयन गर्नुका साथै रमेश राज अर्याललाई स्वतन्त्र सञ्चालकका रूपमा मनोनयन गरेको हो।
कार्की पब्लिक शेयरहोल्डर प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेका थिए।
बैंकका अनुसार नयाँ नेतृत्वसँगै सञ्चालक समितिले बैंकको सुशासन, पारदर्शिता र दीर्घकालीन योजनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS