काठमाडौं । प्रभु बैक र मेडिप्लस हस्पिटल एण्ड ट्रम सेन्टर विच सम्भौता भएको छ ।
बुधबार एक कार्यक्रको आयोजना गदैँ दुबैपक्ष विच सम्झौता भएको हो ।
प्रभु बैक र पोखरा महानगरपालिका वडा–११ रानीपौवा स्थित रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर बीच व्यवसायिक साझेदारीको लागि सम्भौता गरेको जनाएको छ ।
बैँकका कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने उद्देश्यले दुबैपक्षविच समझदारी पत्रमा हस्ताक्षर गरिएको प्रभु बैंकले जनाएको छ ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपलब्ध विभिन्न सेवाहरुमा १० देखी २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
विशेष गरि, बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध हुने बताइएको छ ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख व्यवसाय केन्द्रका अधिकृत–एन.बि.सि ओ.,राजु राना मगरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
पोखरा महानगरपालिका वडा–११ रानीपौवामा अवस्थित, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गदै आएको छ ।
प्रभु बैंक तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरविच भएको योे साझेदारीले बैंकका कर्मचारी, तथा प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुने बताइएको छ ।
FACEBOOK COMMENTS