चितवन । चितवनको भरतपुर महानगरपालिका-१० स्थित कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) र प्रभु बैैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारी भएको छ ।
अइतबार प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रिला श्रेष्ठ तथा मेडिकल कलेजका तर्फबाट एडिशनल डाइरेक्टर डा. मनोहर प्रधानले यससम्बन्धी समझौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कलेजसँग प्रभु बैैंकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने भएका छन् । सीओएमएसमा उपचार गर्दा औषधि, सीटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत २० प्रतिशतसम्मको छुट पाउनेछन् ।
प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले कलेजको सुविधा तथा सेवा प्राप्त गर्नका निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ । तर, यो सुविधा प्राप्त गर्नका लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यका लागि नाता खुल्ने कागजात अनिवार्य पेस गर्नुपर्ने छ ।
हालसालै ‘बैंक अफ द इयर, २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यलयहरू, २८६ एटीएम साथै ६९ भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रवाह गर्दै आएको छ ।
FACEBOOK COMMENTS