काठमाडौं । प्रभु क्यापिटल लिमिटेडका ग्राहकले क्रिमसन हस्पिटलमा छुट पाउने भएका छन् ।
क्यापिटलले आफ्ना ग्राहकलाई छुट दिने उद्देश्यले क्रिमसन हस्पिटलसँग दुई वर्षे सम्झौता समेत गरेको छ ।
सम्झौतापत्रमा क्यापिटलको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम प्रभु क्यापिटलका हितग्राही खातावालाहरुले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा रहेको क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिँदा हस्पिटलले दिँदै आएको सबै प्रकारको सेवामा १५% छूट पाउने भएका छन् । प्रभु क्यापिटलका हितग्राहीले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण डिम्याट कन्फरमेसन तथा आफ्नो परिचयपत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्डमार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको छ ।
हस्पिटलले २४ सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिस लगायतका विभिन्न चिकित्सा सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र केबिन जस्ता थप सुविधाहरू पनि उपलब्ध गराउँदै आएको बताइएको छ ।
प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना प्रडक्ट तथा लगानी योजनासँगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक समझौतामार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिँदै आइरहेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS