काठमाडौं । प्रभु क्यापिटलले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने महिलालाई सम्मान गरेको छ ।
क्यापिटलले अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा नारीहरुलाई सम्मान गरेको हो ।
यस वर्षको नारा ‘सबै महिला र चेलीबेटीहरूको लागिः अधिकार, समानता, र सशक्तिकरण’ विषयवस्तुमा आफ्नो ऐक्यबद्घता तथा समर्थन जनाउँदै प्रभु क्यापिटलका प्रबन्ध निर्देशक, आशीष गौचन तथा सञ्चालन विभाग प्रमुख, बसन्ता उपाध्यायले विभिन्न क्षेत्रका नेपाली महिलाहरुलाई उनीहरुको परिश्रम तथा उपलब्धिको कदर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने असाधारण महिलाहरूको रुपमा सम्मानित गरे ।
प्रत्येक वर्ष मार्च ८ मा, विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ, जसले महिलाहरूको उपलब्धि तथा योगदानलाई सम्मान गर्नुका साथै हरेक क्षेत्रमा उनीहरूको पूर्ण सहभागिता तथा समान अवसरहरू सुनिश्चित हुनुपर्ने, नारीहरूलाई प्राथमिकतामा राखेर शिक्षा, रोजगारी, नेतृत्वमा पहुँच मार्फत सशक्तिकरणलाई बढावा दिने तथा भेदभाव र हिंसालाई चुनौती दिदै बाधाहरू हटाएर लैङ्गिक समानतालाई प्रवद्र्धन गर्ने उद्देश्य समावेश छ ।
प्रभु क्यापिटलले सम्मान गरेका महिलाहरुमा सुगारिका के सी (पूर्व मिस नेपाल र कर्पोरेट प्रशिक्षक र प्रोफेशनल एमसी), सरिता ज्ञवाली (मिडिया पर्सनालिटी तथा उद्यमी), मानसी अग्रवाल (अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक), पलेशा गोवर्धन (पहिलो नेपाली ओलम्पिक पदक विजेता, तेक्कान्दो खेलाडी), श्रेया गिरी (२०२४ फोर्ब्सको प्रभावशाली युवा व्यक्तिमा सूचीकृत, संस्थापक, ह्याप्पी माइन्ड्स), सङ्गीता पाण्डे (उद्यमी – आमाको अचार), सोनिका मानन्धर (टेक बिजनेस – एलोए) तथा रम्भा श्रेष्ठ नि अध्यक्ष (नेपाल महिला उद्यमी संघ, ललितपुर) रहेका छन् ।
FACEBOOK COMMENTS