काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले चैत ११ गते शनिबारको दिन ‘ग्लोबल मनिविक-२०२३’ को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्य सहित काठमाडौं बहिरा संघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं बहिरा संघ नेपालअन्र्तगत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढी सदस्यहरुको सहभागिता भएको कार्यक्रम मूख्यतया पूँजी बजारमा शुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो ।
कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा श्रीया कुटुले गरेका थिए भने सांकेतिक भाषामा दोभाषेहरु रेनु शाह तथा सुनीता श्रेष्ठले गरेका थिए ।
पूँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो शेयर के कसरी चलाउने, शेयर बजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको हो ।
शारीरिक तथा मानसिक कमी कमजोरी भई अपाङ्गता भएका ‘क’ तथा ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटलमार्फत डिम्याट तथा मेरो शेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सुविधा निःशुल्क पाउने व्यवस्था गरेकाे क्यापिटलले जनाएकाे छ ।
क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS