काठमाडौँ
प्रभु हेलिकोप्टरले एक वर्षमा २२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। २०१५ मा मुक्तिनाथ एयरलाइन्स टेकओभर गरेको कम्पनीले गत आर्थिक वर्ष उक्त आम्दानी गरेको हो।
आर्थिक वर्ष २०७७/०७८ मा १२ करोड आम्दानी गर्दा घाटामा रहेको कम्पनी गत आर्थिक वर्षमा २५.७१ प्रतिशत आम्दानी गरेको छ।
प्रभु ग्रुप अन्तरगत ८ वर्षदेखी रहेको छ। कम्पनीसंग अहिले २ वटा हेलिकप्टर रहेका छन्।
केही समयअघि ४ वटा रोबिन्सन हेलिकप्टर विक्री गरेको थियो। कम्पनीको अध्यक्ष सुभास आमात्य हुन्।
FACEBOOK COMMENTS