काठमाडौं । प्रभु इनस्योरेन्स कम्पनीले १८ प्रतिशत बोनसपछि ४७ प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले आगामी साउन २३ गते हुन लागेको २९औँ वार्षिक साधारण सभामा उक्त प्रस्ताव गर्न लागेको हो ।
कम्पनीको केन्द्रीय कार्यालय तीनकुनेमा हुने साधारण सभामा कम्पनीले शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगल लाभांश तथा त्यसपछि कायम हुने चुक्ता पुँजीको ४७ प्रतिशत हकप्रद वितरण गर्ने प्रस्ताव पेस गरिने भएको छ ।
कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले साधारण सभाको मिति, स्थान, समय र लाभांशलगायत प्रस्ताव स्वीकृत गरेको हो । बैठकले साधारण सभा प्रयोजनका लागि साउन २ गते एक दिन कम्पनीको शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय पनि गरेको छ ।
आल कम्पनीको चुक्ता पुँजी एक अर्ब, ४४ करोड, १४ लाख ८८ हजार ६७ रुपैयाँ छ ।
हेर्नुहोस् बैठकका निर्णय र प्रस्तावहरू–
FACEBOOK COMMENTS