काठमाडौं । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले उक्त लाभांश पारित गर्न वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले भोली शुक्रबार बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम रहेको छ ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS