![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रभु इन्स्योरेन्सले साढे ८३ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन ८३ करोड ५० लाख १३ हजार ५ सय ४४ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँका दरले ८३ लाख ५० हजार १ सय ३५.४४ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद निष्काशनको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । क्यापिटल र इन्स्योरेन्सबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरे । प्रभुले हाल ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS