काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा १२ करोड ८२ लाख ६९ हजार ७१८ रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन गत आवको सोही अवधिमा ६ करोड १९ लाख १० हजार रुपैयाँ रहेको थिथो । यो अवधिमा कम्पनीको नाफा दोब्बरले बढेको छ । कम्पनीले जीवन बीमा कोषमा ३ अर्ब ४७ करोड ७८ लाख १६ हजार ८५५ रुपैयाँ संचिती रहेको छ । गत आवको सोही अवधीमा २ अर्ब ६० करोड रुपैयाँ संचिती रहेको थियो ।
कम्पनी खुद बीमा शुल्क आम्दानी एक अर्ब रुपैयाँबाट घटेर ९८ करोड रहेको छ । खुद दावी भुक्तानी ९ करोड ५५ लाख रुपैयाँबाट बढेर ३७ करोड बढी रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८३ पैसा, प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS