काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काभ्रेको नालामा हुने चामुण्डा माई जात्रामा टिसर्ट प्रदान गरि सहयोग गरेको छ ।
विगत २० वर्ष देखि नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने रथ जात्रालाई प्रभु लाइफले प्रत्यक्ष रुपमा जात्रामा सहभागी हुनेहरुका लागि सहयोग गरेको हो ।
प्रभु लाइफले स्थानीय समुदायहरुसँग सहकार्य गर्दै यस्ता जात्रा, पर्व एवं संस्कृतीको जगेर्नामा सहयोग गर्दै आइरहेको कम्पनीले जनाएको छ ।
मौलिक जात्रा, पर्वहरु सम्पत्ती एवं पहिचान भएकोले यस्ता कार्यमा हातेमालो गर्न पाउनु गर्वको विषय रहेको कम्पनीले जनाएको छ ।
जात्रा समिति संयोजक रविनसन श्रेष्ठले प्रभु लाइफले जात्रालाई विशेष सहयोग गरी जात्रा, महोत्सवलाई महत्वका साथ लिएकोमा हार्दिक धन्यवाद व्यक्त गरे ।
विगतमा भक्तपुरकै जात्रालाई मानेर आएकोमा २० वर्ष अघिबाट नालामा आफ्नै जात्रा सुरु गरिएको संयोजक श्रेष्ठले बताए ।
नालामा रहेका नेवार समुदायलाई समेटेर जात्रा सुरु गरिएको र हाल यो जात्राले छुट्टै पहिचान एवं महत्व बोकेको उनले बताए ।
FACEBOOK COMMENTS