काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले काठमाडौं पिंगलास्थानमा रहेको बेटर नेपाल संस्थालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बेटर नेपालले सञ्चालन गरेको बाल सारथिले अनाथ तथा अति विपन्न वर्गका बालबाकालिकाहरुलाई शिक्षाको अवसर दिलाउँदै आएको छ ।
प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले बालसारथी संस्था सञ्चालन गर्ने बेटर नेपालकी अध्यक्ष डा. माला खरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरणपछि कार्यक्रममा इन्स्योरेन्सका सीईओ प्रसाईँले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरूलाई कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।
कम्पनीले अति आवश्यक क्षेत्रको पहिचान गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग र सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी बेटर नेपालकी अध्यक्ष खरेलले अनाथ तथा अति विपन्न वर्गका विद्यार्थीहरूको पढाइलाई संस्थाले व्यहोरे पनि सो खर्चको स्रोत इन्स्योरेन्स जस्ता सहयोगी संस्थाहरू र मनकारी व्यक्तिहरूको सहयोगले गर्दा नै निरन्तरता दिन सकिएकाले बताइन् ।
FACEBOOK COMMENTS