काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा जेठ २६ गते हुने कम्पनीले जनाएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्ने भएको छ । जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
कम्पनीले गत वर्षको वार्षिक साधारण सभाबाट ७ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव भने रद्द गर्ने जनाइएको छ ।
बिमा प्राधिकरणले जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउन भनेको छ । उक्त पुँजी पुर्याउन लाभांशले पुग्ने भएकाले हकप्रद प्रस्ताव दिने प्रस्ताव रद्द गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS