काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले बुकक्लोजको मिति तय गरेका छन् ।
इकाईधनीलाई प्रतिफल घोषणा गरेपछि बुक क्लोजको मिति तय गरेका हुन् । प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले भदौ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन् ।
भदौ १४ गतेसम्म कायम रहेका इकाईधनीले फण्डले तोकेको प्रतिफल पाउनेछन् । प्रभु सेलेक्ट फण्डले करसहित १२ प्रतिशत र प्रभु स्मार्ट फण्डले करसहित १० प्रतिशतका दरले नगद लाभांश घोषणा गरेका छन् ।
FACEBOOK COMMENTS