काठमाडौं । प्रभु बैंकको डेबिट, क्रेडिट तथा प्रिभलेज कार्डमध्ये कुनै एउटा देखाउँदा स्वस्तिक हेल्थ केयरमा २५ सय रुपैयाँसम्म छुट पाइने भएको छ ।
आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई सो छुट सुविधा उपलब्ध गराउन बैंकले ललितपुरको ताल्छिखेलस्थित स्वस्तिक हेल्थ केयर सेन्टरसँग विशेष सम्झौता गरेको छ । सम्झौता अनुसार स्वस्तिकको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट पाइने बैंकले जनाएको छ ।
एक समारोहका बीच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर (सीएमओ) रवीन्द्र ढकालले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट, क्रेडिट तथा प्रिभलेज कार्डमध्ये कुनै एउटा देखाउनुपर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS