काठमाडाैं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति नगर्ने भएको छ।
बैंकको मङ्सिर ८ गते बसेको संचालक समितिको बैठकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा बढाईएको सम्पूर्ण प्रक्रिया अन्त्य गर्ने निर्णय गरेको हो ।
यस सँगै बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने छैन । यस अघि उक्त फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीको अनुमोदन पनि रद्द गरिएको छ।
क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।
FACEBOOK COMMENTS