काठमाडौं । पछिल्लो समय जीवन बीमाका योजना (बीमा पोलिसी)हरूमा प्राणघातक रोगहरूको उपचार सुविधा अर्थात् ‘क्रिटिकल इलनेस’ सुविधा दिने र लिने क्रम बढेको छ ।
सबैजसो बीमा कम्पनीहरूले बिक्रीका लागि ल्याएका आफ्ना प्रायः सबै बीमा योजनाहरू (बाल बीमा योजना) बाहेकमा यस प्रकारको सुविधा समावेश गरेका छन् । जुन योजना बीमित र उसको परिवारको आर्थिक सुरक्षाका साथै प्राणघातक रोगहरू लागेमा उपचार खर्चको बलियो आधार समेत बन्न थालेको छ ।
बदलिएको हाम्रो जीवनशैली र अस्वस्थकर खानपानलगायत विभिन्न कारणबाट कुनै पनि बेला हाम्रो शरीरमा गम्भीर प्रकृतिको रोग लाग्ने खतरा बढिरहेको अवस्थामा बीमा योजनासँगै लिन पाइने यो पूरक सुविधा निम्न र मध्यमवर्गीय बीमितका लागि निकै फलदायी हुने बीमाका जानकारहरू बताउँछन् । घातक रोग लाग्दा महङ्गो औषधि उपचार खर्च जुटाउनुपर्ने र त्यसैका कारण घरवारबिहीन बन्ने समेत अवस्थाबाट मुक्ति पाउनका लागि पनि बीमा गर्दा ‘क्रिटिकल इलनेस’ अर्थात् प्राणघातक रोगहरूको उपचार सुविधा लिनुपर्ने उनीहरूको धारणा छ ।
यो योजना मूल बीमा योजनासँग जोडिएर आउने भएकाले मूल बीमाङ्क रकम भन्दा नबढ्ने गरी न्यूनतम बीमाङ्क ५० हजार देखि अधिकतम बीमाङ्क ५० लाख रूपैयाँसम्मको सुविधा लिन सक्नेछन् । जस्तोः कोही बीमितले १० लाख रूपैयाँ बीमाङ्क भएको बीमा गर्दैछ भने उसले क्रिटिकल इलनेसबापत न्यूनतम ५० हजार देखि अधिकतम् १० लाख बीमाङ्कसम्म नै लिन पाउने छन् । तर, बीमितले एक करोड रूपैयाँ बीमाङ्क भएको बीमा गर्दा उसले अधिकतम् सीमाभित्र रही न्यूनतम ५० हजार बीमाङ्कदेखि अधिकतम ५० लाख बीमाङ्कसम्मको मात्रै यो सुविधा लिन पाउने छन् । यसबापत बीमितले तिर्ने अतिरिक्त बीमाशुल्को दाँजोमा उपयोगिता अतुलनीय छ ।
यसैबीच प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले हाल विभिन्न १५ वटा प्राणघातक रोगहरूमा यस्तो सुविधा ‘क्रिटिकल इलनेस’ दिँदै आएको छ । कम्पनीले क्यान्सर, मिर्गौला फेल, उच्च रक्तचाप (प्राइमरी पल्मोनरी आर्टेरिअल हाइपरटेन्सन), मल्टिपल सिर्लीेसिस, मेजर अर्गान ट्रान्सप्लान्ट रहनेछन् । त्यसैगरी मुटु सम्बन्धी रोगहरु अन्तर्गत मुटुको शल्यक्रिया (हार्ट भल्भ सर्जरी), स्ट्रोक, मायोकार्डियल इन्फ्राक्शन (पहिलो हृदयघात) रहेका छन् ।
कोरोनरी आर्टरी बाइपास ग्राफ्ट, सर्जरी टू एवर्टा रोग, कोमा, पूर्ण अन्धोपना, पक्षघात, ब्रेन ट्युमर र मेजर हेड ट्रमाका लागि ‘क्रिटिकल इलनेस’ सुविधा दिँदै आएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ल्याएका यी सुविधाहरूमा बीमितको आकर्षण उल्लेख्य रहेको छ । प्राणघातक रोगहरू विरुद्धको यो ‘जोखिम रक्षावरण’ योजनाले जीवन बीमामा समेत मानिसहरूको आकर्षण बढ्दै गएको पाइएको कम्पनीको दाबी छ ।
प्रभु महालक्ष्मीले हाल सावधिक जीवन बीमा, सावधिकत तथा आजीवन जीवन बीमा र म्यादी जीवन बीमा योजनाहरु अन्तर्गत विभिन्न १८ वटा बीमा योजना बिक्री गरिरहेको छ । यस्तै, कम्पनीले ११५ वटा कार्यालय सञ्जाल र आफ्ना व्यवसायिक अभिकर्ताहरु मार्फत ५ लाख ३० हजार भन्दा धेरै बीमा पोलिसी बिक्री गरिसकेको जनाएको छ ।
यो पनि पढ्नुहोस्–
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा अभियान “ढुक ढुक हैन, ढुक्क होऔँ”
FACEBOOK COMMENTS