हेटौडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायी र उनीहरूका प्रतिनिधिसँग सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज शुक्रबार हेटौंडामा नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निर्माण उद्योगमैत्री हुने गरी ऐन संशोधनको चरणमा सरकार रहेको बताउँदै सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीलाई संलग्न गराइने बताएका हुन् ।
‘अब सार्वजनिक खरिद ऐन संशोधन गरिँदा निर्माण व्यवसायीहरूको अनिवार्य संलग्नता रहनेछ,’ प्रधानमन्त्री दाहालले भने । निर्माण उद्योगमैत्री हुने गरी ऐन संशोधनको चरणमा सरकार रहेको भनाइ उनको थियो । निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकमको चाँडै भुक्तानी गरिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री दाहालले काम सकेर भुक्तानी नदिइनु ‘बेइमानी’ भएको स्विकार समेत गरे ।
सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा लागिसकेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्र उकास्न आफू सँधैं गम्भीर भएर लागेको स्मरण गरे । अर्थतन्त्र सुधारोन्मूख रहे पनि दबाबमुक्त भने नरहेको स्पष्ट पारे ।
अघिल्लो पटक–फरक दलबाट अर्थमन्त्री हुँदा अर्थतन्त्र उकास्ने दिशामा केही समस्या देखिएको बताउँदै प्रधानमन्त्री दाहालले अब त्यो प्रवृत्ति नदोहोरिने विश्वास व्यक्त गरे । निजी क्षेत्रको सहकार्यलाई आफूले सँधैं प्राथमिकतामा राखेकाले पनि अर्थतन्त्रमा केही सुधारको सङ्केत देखिएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
एक आपसमा रहेको अविश्वासको वातावरणको अन्त्य गर्दै सबै राष्ट्रहितका लागि एक हुनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिएका छन् ।
निराशाको खेती गरेर देश बन्दैन, अर्थतन्त्र उकास्न निर्माण उद्योगको भूमिका महत्वपूर्ण : चन्द्र ढकाल
FACEBOOK COMMENTS