![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् ।
आज बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।
बैठकपछि जानकारी दिँदै नेता पौडेलले भने, ” सरकारमा सहभागी दल कसैले पनि समर्थन फिर्ता लिनुभएको छैन। त्यो कारण प्रधानमन्त्रीजीले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिनुहुन्छ । आज पदाधिकारी बैठकमा यही विषयमा छलफल भएको छ।”
उनले सरकारमा सहभागी दलहरूले आज नै फिर्ता लिए भने के गर्नुहुन्छ भन्ने प्रश्नमा भने, ‘पहिला फिर्ता लिइसकेपछि त्यसको निर्णय हुन्छ।’
FACEBOOK COMMENTS