काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता भएको प्रति दुःख व्यक्त गरेका छन् ।
यस्तै देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति समेत गहिरो दुःख व्यक्त गरेका छन् ।
बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका छन् ।
मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धि पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्दार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई अपील गरेका छन् ।
पहिरोमा परी त्रिशूलीमा दुईवटा बस खस्यो, ६३ जना यात्रु बेपत्ता
FACEBOOK COMMENTS