काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारलाई जिम्मेवारी तोकेका छन् ।
अर्को मन्त्रिपरिषद् गठन नभएसम्म अहिलेको सरकारलाई निरन्तरता दिन भनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म अहिलेको सरकारलाई जिम्मेवारी तोकेका हुन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकिएको जनाएको छ ।
FACEBOOK COMMENTS