काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब कसैसँग गठबन्धन नगर्ने बताएका छन् ।
झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरीसभालाई सम्बोधन गर्दै प्रचण्डले आजसम्म जो–जोसँग मिलेर चुनाव लडेपनि उनीहरु नै ठूलो दल बनेको भन्दै अब निर्वाचनमा कसैसँग गठबन्धन नहुने बताएका हुन् ।
उनले भने हामीले सहकार्य गरेर हामी त ठूलो भएनौं, कांग्रेससँग सहकार्य गरेर पनि माओवादी ठूलो त भएन, एमालेसँग सहकार्य गरेर पनि ठूलो भएन । बरु हामीले जोसँग सहकार्य गर्यौं त्यही पार्टी ठूलो भयो । त्यसकारण आफ्नै खुट्टामा उभिएर, जनताको तागतको बलमा चुनाव लड्छौं । उपचुनावमा हामी एक नम्बर पार्टी बन्यौं ।
आफूले अहिलेसम्म पुगेका सबै ठाउँबाट फेरि सरकारमा नजाने सुझाव पाएको बताउँदै अध्यक्ष प्रचण्डले आफूहरुको ध्यान जनता र आफ्नो वर्ग, समुदायतिर केन्द्रीत भएको बताए ।
FACEBOOK COMMENTS