काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूलाई लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न सुझाएका छन् ।
मङ्गलबारको प्रतनिधिसभा बैठकमा प्रचण्डले लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै असंवैधानिक बाटो अपनाइए फेरि क्रान्ति हुने चेतावनी दिए ।
राजसंस्था पुनर्स्थापनको प्रयास सङ्गठित रहेको तथा यसमा व्यवस्थाभित्र र बाहिरका चलखेल मिसिएको आशङ्का उनले व्यक्त गरे ।
‘वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लेका छन् र सडकबाटै राजसंस्था पुनर्स्थपनाको चुनौती दिएका छन्’, उनले भने, ‘यसका पछाडि सङ्गठित प्रयास छ ।’
सत्तासीनहरूको कुशासनले गर्दा लोकतन्त्रमा चुनौती आइरहेको उनको भनाइ थियो ।
हेर्नुहाेस् भिडिओ-
FACEBOOK COMMENTS